काँग्रेसले पूर्ण बहुमत ल्याउँछ, निश्चिन्त भएर मतदान गर्नुस् : प्रधानमन्त्री  देउवा

 धनगढी। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा  प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरेका हुन । प्रधानमन्त्री  देउवाले भने , 'निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस् ।'

निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको बताउँदै प्रधानमन्त्री देउवाले  सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने उल्लेख गरे । कतिपय स्थानमा विस्फोटका घटना घटाउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने देउवाले वताए । प्रधानमन्त्री  देउवाले निर्धक्क भएर मतदान गर्न सबैसँग आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित