आफ्ना नागरिकलाई देश निकाला गरेपछि अमेरिकासँग रुस चिढियो
काठमाडौं : अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३५ रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । वाशिङटनस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घन्टाभित्र परिवारसहित अमेरिका छाड्न भनिएको बीबीसीले जनाएको छ । दुई रुसी खुफिया एजेन्सीसहितत ९ संस्थामाथि समेत प्रतिवन्ध लगाइएको पनि बीबीसीले जनाएको छ । रुसी गुप्तचर संस्थाले न्यूयोर्क र मेरील्याण्डमा प्रयोग गरेको दुई आवास बन्द गरिनेछ । अब दुई रुसी परिसर बन्द गरिनेछ भने केहीलाई आर्थिक प्रतिवन्ध लगाइनेछ । रुसले अमेरिकी अधिकारीहरुलाई तनाव दिएको भन्दै ओबामाले थप कदम उठाउने बताए । अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोपमा ओबामाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका हुन् । रुस सरकारले भने अमेरिकी कदमको उचित जवाफ दिने बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले यो कदमलाई अमेरिकी बेचैनी भनेका छन् ।
प्रतिक्रिया