रोनाल्डोलाई चीन लैजाने तयारी
काठमाडौं : चीनको एउटा फुटबल क्लबले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई आफ्नो लिगमा लाने तयारी गरेको छ । पोर्चुगलका स्टारका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलबमा चिनियाँ लिगमा लैजाने प्रस्ताव गरेको हो । तर, उनले यसप्रति कुनै चासो देखाएका छैनन् । उक्त क्लवले रियल मड्रिडसामू २५० मिलियन पाउण्ड प्रस्ताव गरेको छ । मेन्डेसले स्काइ इटालियासँग भनेका छन्,–‘पैसा सबै कुरा होइन । स्पेनिस क्लब (रियल मड्रिड) नै रोनाल्डोको जिन्दगी हो ।’ रोनाल्डोलार्इ कीर्तिमानी मूल्यमा चिनियाँ लिगमा लैजान चाहने क्लबबारे भने उनले केही खुलाएका छैनन् । सांघाई शेन्हुआले हालै मात्र कार्लोस टेभेजलार्इ साताको ६ लाख १५ हजार पाउण्ड तलब दिने गरी लगेको छ । र, उनी लिओनल मेस्सी रोनाल्डोलाई धेरै पछि पार्दै विश्वकै सबैभन्दा धेरै तलब पाउने फुटबलर बनेका छन् ।
प्रतिक्रिया