चितवनमा प्रचण्डलाई ठुलो धक्का, पाण्डेको समर्थनमा पञ्चै बाजाको धुनसहित उत्रियो जनलहर

चितवन । लोकतान्त्रीक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार मन्त्री बिक्रम पाण्डेको समर्थनमा जनलहर उत्रिएको छ  ।

  आज लोकतान्त्रीक गठबन्धनको भरतपुर २३ मा भएको घरदैलो कार्यक्रमको रौनकता नै बेग्लै थियो । सो क्षेत्रमा पुग्नु भएका चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार मन्त्री बिक्रम पाण्डे र प्रदेश सभा (ख) का उम्मेद्वार साजन महतोको स्थानीयहरुले फुलमाला र बाजागाजा साथ भब्य स्वागत गरेका छन् ।

  पञ्चै बाजाको धुनले कार्यक्रम स्थल निकै रोचक देखिएको थियो । स्थानीयको व्यापक सहभागीता रहेको चुनावी सभालाई सम्बोधन गर्दे मन्त्री पाण्डेले नयाँ बस्ती क्षेत्रमा रहेको सिंचाईको समस्या रहेको भन्दै उक्त समस्याको समाधानका आफनो मुख्य प्राथामिकता रहेको बताएका थिए ।

 मन्त्री पाण्डेलाई यसअघि २०७० सालको जीतमा पनि साबिक क्षेत्र नम्बर ५ अन्तरगत पर्ने माडीसंगै नयाँबस्ती र जगतपुरका बासिन्दाहरुको भोट पनि मुख्य आधार बनेको थियो । कार्यक्रममा बोल्दै साजन महताले क्षेत्र नम्बर ३ को बिकासमा बिक्रम पाण्डे र आफु डटेर लाग्ने बताए । समृद्ध चितवन र क्षेत्र नम्बर ३ को बिकासका लागि लोकतान्त्रीक गठबन्धनको जीत आवश्यक रहेकोले सम्पुर्ण मतदाताहरुलाई लोकतान्त्रीक गठबन्धनलाई जिताउँन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित