नेपालको लगातार चौथो जित, मलेशिया १० विकेटले पराजित 

Nepal-U- Cricket

काठमार्डौ ।

नेपालले मलेशियाविरूद्ध १० विकेटको शानदार जित हात पारेको छ । युएईमा जारी यू–१९ विश्वकप छनोट एसिया कपको मंगलबारको खेलमा नेपालले मलेशियले दिएको ७३ रनको लक्ष्य बिना कुनै विकेट ९ ओभरमा पूरा गरेको हो ।

नेपालका ओपनरद्वय अर्जुन कुमाल र दिपक बोहोराको उत्कृष्ट साझेदारीका साथ मलेशियालाई पराजित गरेको हो । नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे ।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो । मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए ।

मूहम्मद हरिसानले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । दीपेशले ६० बल बलिङ गरेकोमा ५३ बल डट राखेका थिए ।

आकाश चन्दले ४ दशमलब ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिएका थिए । आकाशले २७ बल बलिङ गरेकोमा २० बल डट राखेका थिए । मिलन बोहोराले ९ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४८ बल डट राखेका थिए ।

सुवास भण्डारीले ९ ओभरमा ३२ रन खर्चिएर १ विकेट लिए । उनले ५४ बल बलिङ गरेकोमा ४० बल डट राखेका थिए। नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।

मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो । २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिएको हो।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । अन्तिम खेलमा तथा निर्णायक खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। यस खेलमा जित हात पारे नेपाल २०१६ पछि पहिलो पटक विश्वकपमा पुग्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित