आईसीसी लिग २ क्रिकेट : नेपालद्वारा यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित

CAn

काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईलाई १ सय ७७ रनको विशाल अन्तरले पराजित गरेको छ ।

यस जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ ।


कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ७१ मा समेटियो । नेपालका लागि ललित राजवंशीले ५ विकेट लिए ।

त्यसैगरी, सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रन बनाए । त्यसैगरी, आरिफ शेखले ५२ बलमा ४३ रन बनाए ।

ललितको उत्कृष्ट खेलसँगै नेपाल विजय

ललित राजवंशीले ५ विकेट लिएपछि नेपालले युएईविरुद्ध शानदार जित हात पारेको छ । २४८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको युएईलाई ललित राजवंशीले पहिलो ओभरदेखि नै दबाबमा राख्दै नेपाललाई एक दिवसीय मान्यता कायम गराएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित