पृथ्वीबहादुर शाहसहित ६ जना कारागार चलान

Prithivi_large
काठमाडौ ।
अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहसहित ६ जना कारागार चलान भएका छन् । अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो । जसअनुसार शाह दाजुभाईसहित सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । साथै एक जनालाई भने ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित