८१ जना यात्रु बोकेको विमान दुर्घटना, ६ जनाको जिवितै उद्दार
काठमाडौं : ब्रजिलियन फुटबलर चढेको विमान दुर्घटनामा परेको छ । ब्राजिलको स्थानीय फुटबल क्लबका सदस्यसहित ८१ यात्रु रहेको उक्तविमान दक्षिण अमेरिकी देश कोलम्बियामा दुर्घटनामा परेको हो । लिभियाबाट उडेको उक्त चार्टर्ड विमानमा ७२ यात्रु र चालक दलका ९ सदस्य सवार थिए। विमानस्थलको कन्ट्रोल टावरमा आएको विद्युतीय समस्याका कारण विमान दुर्घटना भएको विमानस्थल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उद्दार टोलीले ६ जनाको जिवितै उद्दार गरेको बीबीसीले जनाएको छ। स्थानीय फुटबल क्लब चापेकोन्सेका खेलाडी कोपा सुदाअमेरिकाना फुटबलको फाइनलमा एटलेटिको नेसियोनल क्लबसँग खेल्नका लागि कोलम्बिया जाँदै थिए।
दुर्घटनापछि उक्त खेल स्थगित भएको छ। द गार्डियनले स्थानीय मिडियालाई उद्धृत गर्दै खराब मौसमका कारण उद्दार कराय प्रभावित भएको जनाएको थियो। उक्त क्षेत्रमा आपतकाल घोषणा गरी उद्दारको प्रयास भैरहेको समाचारमा जनाइएको छ। कोलम्बियन हवाइसेनाका दुईवटा हेलिकप्टर दुर्घटनामा जिवित रहेकाहरुको उद्दारमा लगाइएको उक्त समाचारमा उल्लेख छ। ३० जना प्रहरी, अग्नि नियन्त्रक तथा रेडक्रसका गाडीहरु दुर्घटनास्थलमा खटिएका छन्। एक स्थानीय समाचार साइटले दुर्घटनास्थलमा भैरहेको उद्दारका फोटोहरु सार्वजनिक गरेको छ। विमान रातको समयमा पहाडी क्षेत्रमा खसेकाले उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । साफाकोएन्सले संक्षिप्त वक्तव्य जारी गरी भनेको छ–‘हाम्रा एथ्लिट अधिकारी, पत्रकार र यात्रुकासाथ भगवान थिए ।’
प्रतिक्रिया