हनुमन्ते नदि सफाई अभियानले अरनिको राजमार्ग सफाई कार्यक्रम आयोजना गर्दै

Hanumente banner
भक्तपुर ।
हनुमन्ते नदि सफाई अभियानले बृहत अरनिको राजमार्ग सफाई कार्यक्रम आयोजना गर्ने भएको छ ।

अभियानले राष्ट्रका लागि २ घण्टा कार्यक्रम अन्र्तगत भोलि चैत्र ४ गते शनिबार भक्तपुरको लोकन्थली चोकमा बृहत सफाई कार्यक्रम संचालन गर्न लागेको अभियानका नब निर्बाचित अध्यक्ष मधु ढुङ्गेलले बताए ।

कार्यक्रम संयोजक एबम् अध्यक्ष ढुङ्गेलले मध्यपुर थिमी नगरपालिका लोकन्थली चोक आसपासका श्रेत्रहरुमा सफाई गरिने कार्यक्रम भब्य रुपमा सफल बनाउनका लागि आम भक्तपुर बासिहरुलाई उपस्थिीतिका लागि अनुरोघ गर्दै अरनिको राजमार्ग सफाई अभियानलाई निरन्तरता दिदै आगामि दिनमा फोहोर मैलाको उचित ब्यबस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रम समेत संचालन गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित