कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

N_Congress

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै छ ।

आज बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजै मध्याह्न १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदै छन् । कांग्रेस बैठकमा विश्वासको मत, प्रतिनिधिसभा बैठकमा बस्ने स्थानलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित