एमालेलगायत दलले छाडेपछि आज पुनः विश्वासको मत लिँदै प्रचण्ड

Prachanda_1

काठमाडौं । नेकपा एमाले लगायत दलहरूले समर्थन फिर्ता लिएको परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमवार प्रतिनिधि सभामा पुनः विश्वासको मत लिँदैछन् ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते संसद्को विश्वास लिएका थिए ।

प्रचण्ड नेपाली कांग्रेससँग नजिकिएपछि बनेको १० दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा लगायतले प्रचण्डलाई विश्वासको मत दिने बताइएको छ । प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा कांग्रेस, एकीकृत समाजवादी र रास्वपाले औपचारिक निर्णय नै गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित