राष्ट्रको लागी २ घन्टा अभियानको नियमित कार्ययोजना बैठक सम्पन्न

Hanumante Karyayojana 1
भक्तपुर ।
हनुमन्ते नदी सफाई अभियान अन्तर्गत भक्तपुरमा संचालित राष्ट्रको लागी २ घन्टा अभियानको नियमित कार्ययोजना बैठक सम्पन्न भएको छ । सफाई अभियन्ता एबम् सरोकारवाला निकायहरुको सहभागितामा सम्पन्न आजको बैठकले आगामि हप्ताको सफाई कार्यक्रम शनिवार बिहान ७ः०० बजे अरनिको राजमार्गको कौसलटार चोकमा गर्ने निर्णय समेत गरेको छ । बैठकमा सहभागिहरुले अभियानका बारेमा आ-आप्mनो धारणा धारणा राखेका थिए ।  

त्यस्तै राष्ट्रको लागी २ घन्टा अभियानको सफलताको शुभकामना दिदै रिसभ सर्जिकल सप्लायर्सले अभियानलाई माक्स २००० पिस, पन्जा ४००० पिस र प्राथमिक उपचारका लागी आबश्यक सामाग्री सहयोग गरेको थियो । सप्लायर्सका तर्फबाट सबिन कार्कीले उक्त सामाग्री अभियानका अध्यक्ष मधु ढुड्गेललाई हस्तान्तरण गरेका थिए भने अभियानलाई प्रत्यक महिना १० बक्स माक्स र १० बक्स पन्जा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित