बढुवा भएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षकले लगाए दर्ज्यानी चिन्ह

AIG Chinna
काठमाडौं ।
नेपाल प्रहरीमा हालै बढुवा भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले बढुवा भएका एआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

एआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बुधबार दर्ज्यानी चिह्न लगाएका हुन्।


मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले उनीहरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा गरेको थियो। प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधानका अनुसार हालका प्रहरी महानिरीक्षक (आईजीपी) सिंहको कार्यकाल यही ११ गते सकिँदैछ।

उक्त प्रावधानमा हेरफेर नभए हाल एआईजीमा बढुवा भएका प्रहरी अधिकारीबाट नै भावी आईजीपी चयन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित