हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले शुक्रबार विश्वासको मत लिने भएका छन्।
बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाइएको हो। बैठक अपरान्ह १ बजे बस्नेछ।
नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि आपसी सहमतिमा बुधवार बोलाइएको बैठक सारेर शुक्रवार बोलाइएको हो।
शुक्रबार डाकिएको बैठकबाट भने विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गरेका छन्।
प्रतिक्रिया