आज गोरखा जाँदै राष्ट्रपति पौडेल

Ramchandra

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्।

आज बिहान पौडेल गोरखा जाने भएका हुन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनी बिहान ९ः३० बजे गोरखा जाने कार्यक्रम छ।

गोरखकाली मन्दिर दर्शनलगायतका लागि पौडेल गोरखा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेल करिब २ घन्टा गोरखा बजार रहनेछन्। राष्ट्रपति आउने भएपछि गोरखा दरबार, गोरखकाली मन्दिर क्षेत्रको सुरक्षामा नेपाली सेना खटिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित