ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Accident graphics

कैलाली।
कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा उनको मृत्यु भएको हो ।


घाइते भएका मोहन्याल गाउँपालिका ५ कै २० वर्षीया निर्मला रोका मगर र ४० वर्षीया गौमती विकको सोही अस्पतालमा उपचार भइरहेको छ । से २ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित