नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजवाट सुरु

Nepal US

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजवाट सुरु हुने भएको छ ।

 हरेक बर्ष हुदैँ आएको सो संयुक्त बैठक याे पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो । यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो । 

 नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ । 

 नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन भने अमेरिकी सेनाकाे नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन । जसकाे कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्  ।

 सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित