मन्त्रालयको बाँडफाँट गर्दै प्रधानमन्त्री प्रचण्ड

Prachanda_1

काठमाडौं । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबन्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन । हिजो साँझसम्म दलहरूले मन्त्रीको भागबन्डा मिलाए पनि मन्त्रालयको बाँडफाँट टुंगो लगाउन सकेनन् ।

मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेका थिए । प्रधानमन्त्री प्रचण्डले आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउनेछन् ।

“प्रधानमन्त्रीले मन्त्रालयल बाँडफाँट गरेर बिहीबार बिहान गठबन्धनका नेताहरूलाई सुनाउनुहुनेछ,” मन्त्री सिफारिस भएका एक नेताले बाह्रखरीसँग भने । उनले प्रधानमन्त्रीले गरेका निर्णय गठबन्धनका दललाई मान्य हुँदैन भन्ने निर्णय सुनाउनु अगाडि नै परिकल्पना नगर्न आग्रह गरे । उनले दलहरूको भावना समेटेर नै बाँडफाँट टुंग्याउने अपेक्षा गरे ।

भागबन्डाअनुसार नेपाली कांग्रेसले आठ, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)लाई दुई–दुई, लोसपा (लोकतान्त्रिक समाजवादी), नागरिक उन्मुक्ति, जनमत पार्टी, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहलाई एक–एक मन्त्री दिनेगरी सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित