भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

Accident graphics

भक्तपुर।
भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि महतलाई मध्यपुर अस्पतालमा पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित