नेपालले जित्यो प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि

Nepal win

काठमाडौं ।
नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपाल बिजय भएको हो । डाँगीले ८७ औं मिनेटमा अञ्जन बिष्टले सेन्टर नजिकै बाट दिएको क्रसलाई उत्कृष्ट फिनिस गर्दै गोल गरेका थिए ।

फाइनल खेलमा नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले गोल गरे । यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित