मिटरब्याज पीडित र प्रधानमन्त्रीबीच छलफल हुँदै

Prachanda

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्ने भएका छन् ।काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले आज बिहान ८ बजे बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए । मिटरब्याज पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित