प्रहरीका चार एआईजीको बढुवासहित पदस्थापन, अपराध अनुसन्धान टेकबहादुर
काठमाडौं ।
सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।
बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा पदस्थापन गरेको छ भने प्रदेश समन्वय निर्देशनालयको जिम्मा सुदिप गिरीले पाएका छन्। त्यस्तै, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।
यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया