फुटपाथ मिचेर बनाईएका प्रहरी बिट हटाउन मेयर बालेन शाहको आग्रह

Police beat rudramati

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहल फुटपाथ मिचेर बनाईएका प्रहरी बिट हटाउनआग्रह गरेका छन् ।  । महानगरपालिका भित्र फुटपाथ मिचेर प्रहरी बिटहरु बनाइएको भन्दै तस्विर सहित आप्mनो सामाजिक सन्जाल फेसबुक मार्पmत उक्त संरचना हटाउन आग्रह समेत गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन:

फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।
कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ ।
कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।

प्रतिक्रिया

सम्बन्धित