रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी

Ratna-mandir

कास्की, ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले चैत २५ गते शनिबार साँझ रत्न मन्दिरको अवलोकन गर्नुभएको छ । उहाँले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिनुभयो ।

सो अवसरमा उहाँले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिनुभयो । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गर्न काम अघि बढ्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले धेरै कुरा किनारा लगाउँदै गएका छौँ । ठूला योजना विस्तार गर्दै लैजाऔँला, हालका लागि यहाँ भएकाहरूलाई अलि सुन्दर बनाएर दरबार खोल्नुपर्दछ भनेर भनेका छौँ ।”

मन्त्री किरातीले नेपाल ट्रष्ट यसअघि रक्षा र गृह मन्त्रालय मातहत रहेकाले लामो समय बैठक नै नबस्ने गरेकाले समेत केही ढिलाइ भए पनि अहिले पर्यटन मन्त्रालय मातहत आएकाले काम छिटो हुने बताउनुभयो । उहाँले रत्न मन्दिरमा व्यावसायिक भवन बनाउने तथा व्यापारिक समूहलाई भाडामा दिने कुरा हुन नसक्ने जनाउँदै पोखरेलीवासीको भावनाअनुसार नै काम हुने बताउनुभयो ।

रासस

प्रतिक्रिया

सम्बन्धित