धनगढीमा नयाँ वर्षमा विशु मिलन तथा देउडा कार्यक्रम हुने

Bisu-deuda2023-04-11-06-04-38
काठमाडौं ।
सुर्मादेवी बझाङी समाज धनगढीले नयाँ वर्षको अवसरमा विशु मिलन, शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम गर्ने भएको छ । २०८० साललाई विविध सांगीतिक कार्यक्रम गर्दै स्वागत गरिने समाजले जनाएको छ । ुनेपाली नयाँ वर्षलाई स्वागत गर्ने हाम्रो आफ्नै पौरणिक परम्परा रहेको छ ।

हामी नयाँ वर्षको दिनलाई विशु पर्वका रूपमा लिन्छौं । देउडा खेल्दै विभिन्न कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गर्ने हाम्रो परम्परा हो । सोही अनुरुप नै हामीले विशु मिलन कार्यक्रमको आयोजना गर्न लागेका हौं, समाजका सचिव मोहन भण्डारीले भने ।

कार्यक्रममा कलाकारहरू ममता थामी, जयराज जोशी, हरिना जप्रेल, निर्मला विष्ट र दानबहादुर एडीलगायतको प्रस्तुती रहने उनले बताए । कार्यक्रम वैशाख १ गते दिउँसो १ बजेबाट धनगढी-६ स्थित जाईमा आयोजना गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित