चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

chitwan-tigerland

चितवन ।

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ ।

आगो निभाउन दमकल पुगिसकेको प्रहरीले बताएको छ। चितवन राष्ट्रिय निकुञ्जस्थित जगतपुरमा रहेको उक्त रिसोर्टमा लागेको आगलागी अझै नियन्त्रणमा लिन सकिएको छैन ।

उक्त रिसोर्टको लबी र रेष्टुरेन्ट क्षेत्रमा आगलागी भएको एक कर्मचारीले बताइन् । उनका अनुसार रिसोर्टको कटेजतिर भने आगलागी नलागेको बताइन् । आगलागी केही नियन्त्रणमा आए पनि पूर्ण नियन्त्रणमा नआएको पनि उनले जनाइन् ।

प्रतिक्रिया

सम्बन्धित