वैशाख १ गते बृहत हरिद्वार गंगा सरसफाई कार्यक्रम हुँदै ,नेपालबाट राष्ट्रको लागि २ घण्टा अभियान सहभागी

Haridwar Safai

हरिद्धार ।
वैशाख १ गते बृहत हरिद्वार गंगा सरसफाई कार्यक्रम आयोजना गरिने भएको छ । बृहत हरिद्वार गंगा सरसफाई अभियानमा भक्तपुरमा संचालित राष्ट्रको लागि २ घण्टा अभियान सहित स्वच्छ हावा सन्जाल एवम प्राज्ञ नमुना व्यवस्थापन समितिले समेत सहभागिता जनाउने भएका छन् ।
सफाई अभियानलाई भब्य र सफल बनाउनका लागि भारत हरिद्वार शान्तीकुन्ज र राष्ट्रको लागि २ घण्टा अभियान, स्वच्छ हावा सन्जाल एवम प्राज्ञ नमुना व्यवस्थापन समिति भक्तपुर नेपालको संयुक्त आयोजनामा नयाँ वर्ष २०८० वैशाख १ गते सफाई कार्यक्रम गर्ने दुई पक्षिय सहमति गरिएको राष्ट्रको लागि २ घण्टा अभियानका महासचिब नबराज काप्mलेले बताए ।

स्वच्छ हावा सन्जालका अध्यक्ष समेत रहेका काप्mलेका अनुसार हरिद्वारको पवित्र गंगास्थलमा सफाई गर्न नेपालको विभिन्न भूगोलबाट पाल्नुहुने नेपालीहरु,शान्तिकुन्ज परिवार लगायत स्थानीयबासीको उपस्थितिका लागि जानकारि सहित सूचना प्रवाह गरिएको छ ।

हरिद्वार,शान्तिकुन्जका व्यवस्थापक महेन्द्र शर्माज्युसँगको विशेष सत्सङ्ग पश्चात् तय गरिएको गंगा सफाई अभियानमा आगामी दिनमा पनि नेपालको राष्ट्रका लागि २ घण्टा अभियान लगायत सरोकारवाला संघ संस्थाहरुसँग सहकार्यका साथ अगाडी बढने व्यवस्थापक शर्माले बताए ।

सत्सङ्गमा नेपालको तर्फबाट अभियानका महासचिव नबराज काफ्ले,अभियानकै कोषाध्यक्ष राम खड्का,गायत्री परिवार काठमाडौका अध्यक्ष सावित्रा काफ्लेको उपस्थिति रहेको थियोे भने कार्यक्रमको विशेष समन्वय वागमती अभियन्ता डा।राजु अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित