आज नयाँ वर्ष, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ। १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन्।

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ।

मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन्। नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ।

 

प्रतिक्रिया

सम्बन्धित