त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द

Taxi parking airport

काठमाडौं ।
त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन हवाई उडान सेवा अवरुद्ध भएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको विमानस्थल स्रोतले जनाएको छ । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित