भक्तपुरमा बिघार्थीहरुले गरे डोलेश्वर मन्दिर सफाई

Shankar School
भक्तपुर ।
शंकर नेशनल अग्रेजी माध्यामिक बिघालयमा अध्यनरत बिधार्थीहरुले डोलेश्वर मन्दिर आसपास सफाई गरेका छन् । भक्तपुरको दधिकोटमा रहेका स्कुलले शैक्षीक शत्रको सुरुवातसँगै आज कक्षा ९ र १० का बिधार्थी लगायत शिक्षक शिक्षीकाहरुको सहभागितमा हिन्दुहरुको पबित्र धार्मिक स्थल डोलेश्वर मन्दिर आसपास सफाई गरेका हुन् ।

स्कुलमा अध्यन गर्ने बिधार्थीहरुलाई पर्याबरणको महत्व , फोहोर मैलाको उचित ब्यबस्थापना एबम् सामाजिक काममा उत्प्रेरणा जगाउनका लागि यस्ता कार्यक्रम नियमितरुपमा संचालन गर्दै आएको स्कुलका प्रिन्सीपल सरन चौलागाइले बताए । स्कुल हाता भित्र प्लाटिकजन्य बस्तुहरुको प्रयोगमा कडाई गर्दै आएको जनाउँदै प्रिन्सीपल चौलागाइले फोहोर मैलाको उचित ब्यस्थापनाका ब्यबहारिक ज्ञान समेत आप्mना बिधार्थीहरुले दिदै आएको बताए ।

भक्तपुरमा गर्भिलो इतिकास बोकेको शंकर नेशनल अग्रेजी माध्यामिक बिघालयले शैक्षिक गुणस्तरका साथै यस्ता अतिरिक्त क्रियाकलापमा समेत बिशेष प्राथिमिकतामा राखेको चौलागाइले बताए ।

Shankar School 1

Shankar Scholl 2

Shankar School 3

 

प्रतिक्रिया

सम्बन्धित