विद्यार्थीहरुको भविश्यप्रति हामी सचेत छौं

sanjeev-sharmaउच्च शिक्षासँगसँगै उज्ज्वल भविश्यको खोजिमा अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त शिक्षाको लागि नेपाली विद्यार्थीहरुले अष्ट्रेलियालाई रोजेको बताउनु हुन्छ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा. लि. (सिड्नी) का निर्देशक संजिवकुमार शर्मा । विद्यार्थीहरुको सहजताका लागि आफूहरु अष्ट्रेलियाका विभिन्न छ वटा शहरमा बसेर विद्यार्थीहरुलाई आवश्यक पर्ने सेवा र सल्लाह प्रदान गरिरहेको शर्मा बताउनु हुन्छ । २० वर्ष अष्ट्रेलियामा विताउनु भएका र माइग्रेसन एजेन्ट समेत रहनु भएका निर्देशक शर्मा त्यतिबेला र अहिले धेरै नै परिवर्तन भएको बताउनु हुन्छ । अहिले जस्तो परामर्शदातृ संस्था, इमेल, इन्टरनेट, टेलिभिजनलगायतबाट पूर्ण जानकारी पाउन नसक्नु र सहयोग गर्नेहरु पनि नभेटिदा समस्या धेरै नै देखा परेको उहाँ बताउनु हुन्छ । आफूले भोगेको समस्या अबका पिढिले भोग्नु नपरोस भनेर नै अष्ट्रेलियामा बसेर विद्यार्थीहरुका लागि काम गर्दै आएको उहाँ बताउनु हुन्छ । एक्सपर्टले विद्यार्थीहरुका लागि गर्दै आएको काम, अष्ट्रेलियामा विद्यार्थीहरुले पाउने सेवा र सुविधा, सेमिनारको माध्यमबाट विद्याथीहरुले पाउने नयाँ कुरालगायतका विषयमा निर्देशक शर्मासँग mynewsnepal.com.np का लागि कुमार भण्डारीले गरेको कुराकानी :

संजिवकुमार शर्मा – निर्देशक, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा. लि. (सिड्नी)

० नेपाली विद्यार्थीहरुले उच्च शिक्षाको लागि विदेश रोज्नुको कारण के हो ? – विगत पाँच/छ वर्षको तथ्यांकलाई हेर्ने हो भने उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरुको संख्या दिन प्रतिदिन बढिरहेकै छ । अबका युवा पिढि भनेको यस्तो शिक्षा लिन चाहन्छन्, जुन कुनै पनि ठाउँमा मान्यताप्राप्त होस् । त्यसैले पनि नेपाली विद्यार्थीहरु विश्वभर मान्यताप्राप्त शिक्षाको खोजिमा छन् । जसकारण उनीहरुले विदेशी शिक्षालाई प्राथमिकतामा राखेका हुन जस्तो मलाई लाग्छ । तर, कारण यति मात्र होइन । उच्च शिक्षा सँगसँगै उज्ज्वल भविश्यको खोजिमा पनि विद्यार्थीहरु विदेशिरहेका छन् ।

० नेपाली विद्यार्थीहरुले अष्ट्रेलियालाई रोज्नुको कारण चांहि के हो त ? – सबैभन्दा पहिलो कुरा त अष्ट्रेलियन शिक्षा अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त हुनु नै हो । नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया रोज्नुको अर्को मुख्य कारणहरु भनेको पढ्ने वातावरण उचित हुनु, उच्च शिक्षा सँगसँगै काम गर्ने अवसर प्राप्त गर्नु, नेपाल र अष्ट्रेलियाको हावापानी मिल्नु, पढाई सकेपछि पनि काम गर्ने अवसर प्राप्त गर्नु जसले गर्दा विद्यार्थीहरुले केही अर्थोपार्जन गर्छन भने दक्ष पनि भएर फर्कने मौका पाउँछन् । त्यसैले अष्ट्रेलिया जाने विद्यार्थीको संख्या बढिरहेको हो ।

० अष्ट्रेलिया पुगेका विद्यार्थीहरुले के कस्तो सेवा र सुविधाहरु उपभोग गर्न सक्छन् र अष्ट्रेलियन सरकारले नेपाली विद्यार्थीलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ? – पछिल्लो समयमा अष्ट्रेलिया पुगेका विद्यँर्थीहरुले खासै ठूलो समस्या भोग्नु परेको हामीले पाएका छैनौं । अष्ट्रेलियन सरकारले पनि विद्यार्थीहरुलाई उचित वातावरण अध्यापन गराइरहेको छ । त्यहाँ पुगेपछि देखिने हरेक समस्यामा हामी प्रत्यक्ष सहभागी हुँदै आएका छौं । यदि कुनै कारणले नेपाली विद्यार्थीहरुको अध्ययन गरिरहेको कलेज बन्द भएको खण्डमा समेत सरकारले विद्यर्थाीलाई आवश्यक रकम फिर्ता गर्दै आएको छ । अष्ट्रेलियाले जहिले पनि गुणस्तरिय शिक्षालाई नै प्राथमिकतामा राख्दै आएकाले विद्यार्थीहरुले उचित शिक्षा पनि पाइरहेका छ । अष्ट्रेलियामा पुगेको एउटा नेपाली विद्यार्थीलाई आवश्यक पर्ने हरेक सेवा र सुविधा सरकारले प्रदान गर्दै आएको छ ।

० अष्ट्रेलियामा एक्सपर्ट एजुकेशन कसरी सञ्चालन भइरहेको छ ? – हामीले अष्ट्रेलियामा बसेर अलि पृथक तवरले काम गर्दै आइरहेका छौं । गुणस्तरिय शैक्षिक परामर्श प्रदान गरेर नेपालबाट विद्यार्थीलाई अष्ट्रेलिया पठाइसकेपछि हामी आफ्नो दायित्व पूरा भएको कहिल्यै सोच्दैनौं । जब विद्यार्थीलाई अष्ट्रेलिया पठाइन्छ, तब हामी आफ्नो पनि काम शुरु भएको महशुस गर्छौं । त्यसैले हामीले ति विद्यार्थीहरुलाई पारिवारिक वातावरणमा आवश्यक सुझाव र सल्लाह प्रदान गरिरहेका हुन्छ । कुनै अप्ठेराहरु परे भने पनि समाधानका लागि हामी हरदम लागिरहन्छौं । हामीले भिसा, कानुनी प्रक्रिया, डकुमेन्टेसन, पोष्ट स्टडी वर्क, माइग्रेसनलगायतमा सुझाव र सल्लाह प्रदान गरिरहेका हुन्छौं । विद्यार्थीहरुको सहजताका लागि हामीले विभिन्न छ वटा शहरमा बसेर विद्यार्थीहरुमाझ रहेर काम गरिरहेका छौं ।

० तपाई अहिले सेमिनारका लागि नेपाल आएको बताउनु हुन्छ, यस पटक विद्यार्थीले के नयाँ कुरा पाउँछन् त ? – विद्यार्थीहरुलाई प्रत्यक्ष जानकारी गराउनका लागि हामीले वर्षको चार÷पाँच पटक सेमिनारको आयोजना गरिरहेका हुन्छौं भने एक पटक अष्ट्रेलियन विशेष शैक्षिक मेलाको पनि आयोजना गर्दै आएका छौं । अष्ट्रेलियन शैक्षिक संस्थाको प्रत्यक्ष सहभागितामा आयोजना हुने विशेष शैक्षिक मेलामार्फत विद्यार्थीहरुले धेरै कुरा जान्ने मौका पाउँछन् । अहिले पनि हामीले अष्ट्रेलियाले परिवर्तन गरेको नीति, भिसा प्रक्रिया, एसएसभिएफ सम्बन्धि जानकारी, त्यहाँको शैक्षिक अवस्था, पढाइ सकेपछि गर्नुपर्ने काम, त्यसपछिको भविश्यलगायतको विषयमा जानकारी दिनका लागि सेमिनारको आयोजना गर्दैछौं ।

० तपाईहरुले कहिले सेमिनारको आयोजना गर्दै हुनुहुन्छ ? – हामीले विद्यार्थीहरुको अवस्थालाई मध्यनजर गरेर काठमाडौं र बाहिरका जिल्लाहरुमा सेमिनारको आयोजना गर्दैछौं । काठमाडौंमा मात्र सेमिनार गर्दा उपत्यका बाहिरका विद्यार्थीहरुले बुझ्न पाउने अवसर गुमाउने महशुस गरेर नै हामीले चितवन, बुटवल र पोखरामा पनि सेमिनारको आयोजना गदैछौं । हिजो(बुधबार) हामीले चितवनमा सेमिनार सम्पन्न ग¥यौं भने आज(विहिबार) बुटवल, शुक्रबार पोखरा र शनिबार काठमाडौंको होटल अन्नपुर्णमा आयोजना गर्दैछौं । काठमाडौंमा आयोजना हुने सेमिनारमा अष्ट्रेलियाका पाँचवटा शैक्षिक संस्थाको प्रत्यक्ष सहभागिता रहने छ भने मलगायत व्रिसवर्न शाखाका मेनेजर सागर अर्याल, एडिलेडका मेनेजर रुपक बड्तौला र सिड्नीको अप्रेसन मेनेजर भुवन पाण्डेले पनि आ–आफ्नो अनुभव र भोगाइ विद्यार्थीहरुसँग साट्नुहुनेछ । जसले गर्दा विद्यार्थीहरुले सम्पूर्ण विषयमा जान्ने अवसर प्राप्त गर्नेछन् ।

० एक्सपर्ट र अन्य कन्सलटेन्सीमा के फरक छ र विद्यार्थीहरुले एक्सपर्टलाई नै किन रोज्ने त ? – शैक्षिक परामर्शदातृ संस्थाहरुले प्रदान गर्ने सेवा र सुविधा त प्रायः सबैको एउटै हुन्छन् । अन्य संस्थाले के कस्तो सेवा प्रदान गरिरहनु भएको छ भन्दा पनि हामीले चाहिं कसरी काम गरिरहेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले जहिले पनि भविश्यलाई हेरेर नै सुझाव र सल्लाह प्रदान गरिरहेका हुन्छौं । विद्यार्थीहरुको प्राथमिकतालाई पहिलो नम्बरमा राखेर काम गर्दै आएका छौं । यतिमात्र होइन एक्सपर्टले विद्यार्थीहरुको आर्थिक, शैक्षिक अवस्था र उसको चाहनाका बारेर पूर्ण जानकारी लिइसकेपछि उसलाई बेष्ट कोर्ष, वेष्ट यूनिभर्सीटी, वेष्ट सब्जेट र वेष्ट सिटी यो हो भनेर सुझाव र सल्लाह दिंदै आएको छ भने अष्ट्रेलिया पुगेपछि पनि आवश्यक सम्पूर्ण सेवा र सुविधा प्रदान गरिरहेका हुन्छौं । हामीसँग यस्तो टिम छ, जसमा सोलुसिटर लयर, छ जना रजिष्टर माइग्रेसन एजेन्ट, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरु हुनुहुन्छ । उहाँहरुले जहिले पनि विद्यार्थीहरुको भविश्यलाई नै ध्यानमा राखोर काम गर्दै आउनु भएको छ ।

० यसरी तपाईंहरुले दक्ष जनशक्तिलबाट विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गरेर आवश्यक सुझाव र सल्लाह प्रदान गरिरहेको बताईरहँदा अष्ट्रेलिया पुगेका विद्यार्थीहरु समस्यामा पनि परिरहेका छन् नि ? – यहाँबाट जाँदा मलाई कुनै समस्या नै पर्दैन सबै सहज हुन्छ भन्ने सोचेर जानुहुन्छ भने उहाँ नै गलत हुनुहुन्छ । विद्यार्थी जिवनमा अष्ट्रेलिया मात्र होइन जुन कुनै स्थानमा गए पनि समस्या देखिन्छन् । तर, समस्यालाई एउटा च्यालेन्जको रुपमा लिएर अगाडि बढ्नु भयो भने अवश्य पनि भविश्य उज्ज्वल हुन्छ । त्यस्ता समस्या समाधानका लागि त हामी छौं नि । हामीलाई सम्झनोस् । हामी समाधानको उपायहरु खोज्छौं । मैले देखेको चाहिं के हो भने जो विद्यार्थी अध्ययनका लागि भनेर अष्ट्रेलिया पुग्छ र त्यहाँ पुगेपछि पढ्ने भन्दा पनि पैसा कामाउन तिर मात्र लाग्छ भने त्यस्ता विद्यार्थीहरुले धेरै समस्या भोगेका छन् । आफ्नो भविश्य सोचेर पढाइलाई नै प्राथमिकतामा राखेर राम्रो परामर्श लिएर अष्ट्रेलिया पुगेका विद्यार्थीहरुले समस्या भोगेका छन् जस्तो मलाई लाग्दैन । तर, कहिलेकाहिं अष्ट्रेलियामा नीति परिवर्तन हुँदा केही समस्याहरु देखा पर्छन् । त्यस्तो बेलामा एक्सपर्टले आफ्नो माध्यमबाट गएका मात्र नभई जो कोही नेपाली विद्यार्थीलाई पनि सहयोग गर्दै आएको छ र गरिरहन्छ पनि ।

० तपाई अष्ट्रेलियाको माइग्रेसन एजेन्ट पनि हुनुहुन्छ, तपाईंसँग नेपाली विद्यार्थीहरुले के फाइदा लिन सक्छन् नि ? – उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका मात्र नभई कुनै पनि कारणले अष्ट्रेलिया पुगेर त्यहाँ नै बस्न चाहने जो कोहीलाई पनि म आफूसँग भएको जानकारी प्रदान गर्छु । जसले गर्दा उनीहरुले कसरी अगाडि बढ्न सकिन्छ भन्ने बुझ्न सक्नुहुन्छ । अर्को कुरा मैले अष्ट्रेलियामा विताएको २० वर्षको अनुभव साट्दै सत्यता के हो भन्ने जानकारी गराएर अगाडि बढ्न सल्लह दिन्छु ।

० कस्ता विद्यार्थीहरु अष्ट्रेलिया जान सक्षम र योग्य हुन्छन् ? – वास्तवमा यो कुरा चाहिं हामीले भन्ने भन्दा पनि अष्ट्रेलियन हाई कमिसनले नै मूल्यांकन गर्ने हो । अहिले अष्टे«ेलियाले मुख्यतः तीन वटा कुरालाई प्राथमिकतामा राखेर हेर्दै आएको छ । शैक्षिक अवस्था, आर्थिक अवस्था र भाषा राम्रो भएका जो कोहीलाई पनि अष्ट्रेलियन सरकारले आफ्नो देशमा अध्ययनका लागि इजाजत प्रदान गर्र्दै आएको छ ।

० नेपाल सरकारले शैक्षिक परामर्शदातृ संस्थाहरुमा नयाँ नियम लागु गर्ने र नीतिमा केही परिवर्तन गर्न लागिरहेको अवस्थामा कन्सलटेन्सीहरुलाई त्यसले कत्तिको प्रभाव पार्छ ? – हामीले गर्ने काम भनेको यति महत्वपूर्ण छ कि हामी कसैको भविश्यसँग नै जोडिएका छौं । हाम्रो राम्रो सल्लाहले कसैको भविश्य उज्ज्वल हुन्छ भने गतल परामर्शले उसका ज्यान पनि जानसक्छ । त्यसैले यस्ता संस्थाहरु भनेको कानुन अनुसार नै चल्नु र चलाउनु पर्छ । नेपाल सरकारले लागु गर्ने नीति र नियमप्रति हामी जहिले पनि सकारात्मक नै छौं । तर, नीति नियम निर्माण गर्दा र परिवर्तन गर्दा राम्रो काम गर्ने कसैलाई पनि मर्का चाहिं पर्नु हुँदैन । नीति नियम कडाइका साथ लागु गर्ने हो भने एकातिर सेवाग्राहि ठगिनबाट जोगिन्छन् भने अर्कौतिर गलत काम गर्नेहरुको मनोवल पनि गिर्ने देखिन्छ ।

० अन्त्यमा, अष्ट्रेलिया जान चाहने र अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई के भन्नुहुन्छ ? – अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई म के सल्लाह दिन चाहन्छ भने तपाईहरु यतिबेला आफ्नो भविश्यलाई डो¥याउँदै हुनुहुन्छ । तपाईको सानो गल्तीले पनि भविश्य अन्धकारमय हुनसक्छ । तपाईहरुले धेरै नै लगानी गर्दै हुनुहुन्छ, जस्तै आर्थिक लगानी, समयको लगानी( जुन कहिल्यै फर्केर आउँदैन), भविश्यको सपना बोकेर अष्ट्रेलिया जाँदै हुनुहुन्छ । म अष्ट्रेलिया छिर्न सकेमात्र हुन्छ भन्ने सोचेर नजानु होला । अर्को महत्वपूर्ण कुरा के हो भने आफूले रोजेको कोर्ष, स्थान, विश्वविद्यालय, काम गर्ने समय, त्यहाँको नीति नियम, त्यहाँको भाषा संस्कृति, रहनसहनलगायतको बारेमा र अध्ययन पछिको भविश्यबारे पूर्ण जानकार भएर मात्र जान सल्लाह दिन्छु । जो विद्यार्थी अष्ट्रेलिया पुगिसक्नु भएको छ उहाँहरुलाई चाहिं के सल्लाह दिन्छु भने आफूले सोचेजस्तो सजिलो विदेशमा नहुन सक्छ । तपाईहरु यतिबेला आफ्नो भविश्यलाई सँगसँगै लिएर हिड्दै हुनुहुन्छ । मेरो भविश्य के हो र मैले अब के गर्नुपर्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुस् । अध्ययन गर्न जानु भएकोले सबैभन्दा पहिले अध्ययनलाई नै समय दिनुस् । जसले गर्दा तपाईहरुको भविश्य उज्ज्वल हुने मैले देखेको छु ।

प्रतिक्रिया

सम्बन्धित