उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

Ramchandra treatment

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् ।

उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित