राष्ट्रका लागि दुई घण्टा अभियानको लोगो सार्वजनिक

snapshot98

भक्तपुर ।
ऐतिहासिक एबम् सांस्कृतिक नगरी भक्तपुरलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले संचालित अभियान राष्टका लागि दुई घण्टा अभियानको लागो र्साबजनिक गरिएको छ ।

आज बिशेष समारोहका बिच सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेब थापा, सुर्यबिनायक नगरपालिका उप-प्रमुख सरिता भट्टराई एबम् अभियानका अभियन्ताहरुको उपस्थितीमा अभियानको लोगो सार्बजनिक गरिएको अभियानका अध्यक्ष मधु ढुड्गेलले बताए ।

Logo

अभियानका उपाध्यक्ष तथा अरनिको सरसफाई कार्यक्रमका संयोजन नरेश रन्जितको संयोजनमा निर्माण गरिएको अभियानको लोगोले कुनै न कुनै रुपमा देशका लागि थौरै भएपनि समय दिनुहुने हरेक राष्टप्रेमिहरुको राष्ट प्रेमभाबलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष रन्जितले बताए ।

अभियान सचिब चन्द्रकृष्ण श्रेष्ठको स्वागत मन्तब्यसँगै शुरुभएको कार्यक्रममा लोगो सार्वजनिक गरिएसँगै सुर्यबिनायक नगरपालिकाका प्रमुख, उप-प्रमुख,उपस्थित अन्य जन प्रतिनिधिहरु लगाएत अन्य सरोकारवाला निकाएका प्रतिनिधिहरुलाई अभियानका अध्यक्ष मधु ढुड्गेलले अभियानको हालसम्मका कार्यप्रगति एबम् आगामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

snapshot97

कार्यक्रममा अभियानका महासचिब नबराज काप्mलेले अभियानको सफलतामा स्थानिय निकायको भुमिकाको बारेमा प्रष्ट पार्दै सुर्यबिनायक नगरपालिले शुरुवाति समय देखि नै अभियानलाई गरेको सहयोग प्रति समग्र अभियानका तर्पmबाट धन्यबाद दिदै आगामी दिनमा अझ प्रभाबकारी सहकार्यका लागि नगर प्रमुख , नगर उप -प्रमुख एबम् स्थानिय जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरेका थिए ।

प्रथम चरणको कार्यक्रम अन्र्तगत अरनिको सफाई अभियानको नबौ हप्तामा प्रबेश गरेको राष्टका लागि दुई घण्टा अभियान हरेका शनिबार राष्टका लागि दुई घण्टा भन्ने मुल नाराका साथ संचालित स्वंयमसेबी अभियान हो । अभियानले अरनिको राजमार्ग सफाई कार्यक्रमसँगै , फोहोर मैला ब्यबस्थापन सम्बन्धी सचेतनामुल कार्यक्रम , फोहोर मैला ब्यबस्थापनमा स्थानिय सरकारको प्रभाबकारि भुमिका लगायतको श्रेत्रमा काम गर्दै आएको छ ।

त्यस्तै अभियानले चाडै नै हरियालि प्रर्बद्धनका लागि बृहत बृक्षारोेपनको कार्यक्रम समेत संचालन गर्ने भएको छ । अभियानले सामाजिक अभियन्ता , स्थानिय सरकार , स्थानिय प्रशासन , बिभिन्न सामाजिक संघ सस्था ,बिघालय लगाएतको सहभागितामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित