प्राज्ञ समितिद्धारा आर्दश समुदाय निर्माणलाई तिव्रता दिदै

Namuna

भक्तपुर ।
चाँगुनारायण नगरपालिकाले आर्दश समुदाय निर्माण अभियानको थालनी गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं।२ को प्राज्ञ नमुना समुदाय व्यवस्थापन समिति मार्फत सो अभियानको थालनी गरेको सोहि वडाका वडाअध्यक्ष सोम प्रसाद प्रधान बताए । केहि महिना अघिमात्र प्राज्ञ नमुना समुदाय व्यवस्थापन समिति मार्फत सरसफाईको नमुना युक्त समुदाय बनाउने उद्धेश्यका साथ शुभारम्भ गरिएता पनि अव यस समितिको कार्यदिशा आर्दश समुदाय बनाउने गरि कार्यक्रम अगाडि बढाईने प्राज्ञ नमुना समुदाय व्यवस्थापन समितिका अध्यक्ष नबराज काफ्लेले बताए ।


काफ्लेका अनुसार आर्दश समुदाय तर्फ लक्षित बन्दै यस समितिले आर्दश समुदायका सुचांकहरु तय गर्ने गरि समाजशास्त्री हिम्मतसिंह लेकालीको संयोजनमा डम्बर आङदम्बे, पुण्य प्रसाद घिमिरे, डा.गणपत चौधरी,लोकेन्द्र ढकाल,डा.अमृत प्रसाद भुसाल,दिलिप शाहा लगायत विभिन्न विषयमा विज्ञता हासिल गरेका व्यक्तित्वहरु सहितको समिति गठन गरिएको छ ।

समितिले आर्दश समुदाय निर्माण अभियानलाई शसक्त बनाउन स्वस्थ जीवन,सुन्दर बासस्थान विषयक विशेष प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ । तालिम विशेषज्ञ डा राजु अधिकारीको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको सो प्रशिक्षण तालिम कार्यक्रममा समुदाय भित्र र बाहिर गरि २ सय भन्दा बढीको सक्रिय सहभागीता रहेको थियो ।

Namuna Basti 1

चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्य कमला भारतीले यो अभियान शुभारम्भ गरेकोमा प्राज्ञ नमुना समुदायलाई धन्यवाद व्यक्त गर्दै यो अभियानको सबैले अनुशरण गर्नुपर्ने जिकिरका साथ नगरपालिकाको वैठकमा उल्लेख्य विषयलाई प्रवेश गराउन समेत पहल गर्ने बताएकी छिन् । क्रतम्भरा स्कूलको व्यवस्थापन र नेप्सेम्याक सेवा प्रालि,केन्द्रीय कार्यालय ललितपुरको प्राविधिक सहकार्यका विच सम्पन्न भएको कार्यक्रममा वडाअध्यक्ष सोम प्रसाद प्रधानले प्राज्ञ नमुना व्यवस्थापन समितिले थालनी गरेको आर्दश समुदाय निर्माण अभियानलाई पूर्णता दिन समुदायबासीलाई अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित