पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ

Arrest

काठमाडौं । पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीपलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा उनको नाममा काटिएको एक करोड ५० लाख बराबरको नबिल बैंकको चेक पनि फेला पारेको थियो ।

प्रहरीले टोपबहादुरको पनि खोजी गरिरहेको छ । स्रोतका अनुसार टोपबहादुर मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

यस प्रकरणमा सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परिसकेका छन् ।

थापाका छोरा प्रतिक थापालाइ पनि प्रहरीले खोजीरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित