दार्चुला हिमपहिरोः आमा-छोरासहित ३ जनाको सनाखत, अझै २ जना बेपत्ता

himpahiro 1

कैलाली ।

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरोमा बेपत्ता भएका पाँच मध्ये अझै २ जनाको अवस्था अहिलेसम्म अज्ञात नै छ ।

तीन जनाको भने बुधबार शव फेला परेको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नम्बर ५० गुल्म छाङरुको टोली खोजी र उद्धार कार्यमा संलग्न रहेको छ ।

हिजो ३ जनाको शव फेला परेको र अझै २ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

भेटिएका तीन वटै शवको सनाखत भइसकेको प्रहरी निरीक्षक सिंहले बताए । उनका अनुसार नक्नी डोमा थापा, कमला कुँवर र प्रवीण कुँवरको शव फेला परेको हो । कमला र प्रवीण आमा छोरा हुन् ।
हिम पहिरोमा बेपत्ता भएका ईश्वरी थापा र क्षिभी सोमो थापाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी गर्न गएको टोली मौसम खराब भएपछि राति नै छाङरु फर्किएको थियो । अहिले केही बेर पनि पुनः घटनास्थलमा खोजी र उद्धार टोली जाने छ ।

मङ्गलवार दिउसो आएको हिम पहिरोमा फसेकामध्ये सात जनाको सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित