१४ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

Pakrau
उदयपुर ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका -१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित