कांग्रेस र वाम गठबन्धनबीच झडप हुँदा ६ जना घाइते, नगर सभापति र अध्यक्षकाे अवस्था चिन्ताजनक
काठमाडौ : नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा दुवै तर्फका गरी आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् । घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ । भण्डारीलाई कालीगण्डकी अस्पताल र एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ । झडप भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए । थप झडप हुन नदिन रातभर प्रहरीले सो क्षेत्रमा रातभर गस्ती गरेको थियो ।
प्रतिक्रिया