नेकपा एमाले केन्द्रीय समिति बैठक आज सुरु हुँदै

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आज सुरु हुँदै छ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले आजदेखि तीन दिनसम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचन र ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्ने एजेन्डा तय गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित