प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

Prachanda_1

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

 
संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

 

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित