बिभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ

Pakrau

काठमाडौ‌ ।
देशका विभिन्न स्थानबाट पाँचजनालाई लागुऔषधसहित ‍पक्राउ गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरी रहेका छन् । प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-२ तौलिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्रामसहित सोही नगरपालिका(३ देवनगढिया बस्ने २४ वर्षीय आनन्द चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-३ सुनपकुवा बस्ने २१ वर्षीय निशान धिमाल र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय निरोज कुमार लिम्बूलाई नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय २८ क्याप्सुल र स्पासपेन २ सय २८ क्याप्सुलसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

निशान धिमालको घरमा प्रतिबन्धित औषधि ओसारपसार तथा बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र नं १ १०१२प१२०५ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित