लौरो भन्दा घण्टी डेन्जर :महेश बस्नेत

Mahesh-basnet
काठमाडौं ।
नेकपा एमालेका नेता महेश बस्नेतले बालेनको लौरोभन्दा घण्टी डेन्जर भएको टिप्पणी गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन मध्यपुर थिमी नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले मात्रै जनताको काम गर्नसक्ने बताए ।

एमाले सधैं जनताको पक्षमा रहेको उल्लेख गर्दै पार्टी कमिटीहरुलाई पनि सेवामा समर्पित हुन आग्रह गरे ।

‘यहाँ बा-आमाहरुमात्रै भेला हुनुहुन्छ अब छोराछोरीलाई पनि ल्याउनुपर्छ । छोराछोरी कहिले कहिले घण्टी बजाउने रु कहिले लौरो टेक्ने । त्यही लौरो आएर बस्ती भत्काउने, त्यही घण्टी आएर टाउकोमा हान्छ’, बस्नेतले भने, ‘अहिले घण्टी घण्टी भन्नुहुन्छ । हेर्नुहोला लौरो भन्दा घण्टी डेन्जर हुन्छ । तपाईंका छोराछोरी पनि घण्टी भनेर हिँडेका छन् होला यहाँ ।

अहिले लौरोले हान्छ बालेनले हान्छ भनिराख्नुभएको छ नि । त्यसैले घण्टी झन् डेन्जर भएर आउँछ रोक्नुहोला ।’ उनले उक्त कुरा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित