काठमाडौँ नदी किनाराको जग्गा खाली गरिने
काठमाडौं।
सरकारले काठमाडौंसहितका नदी किनारासहित सरकारी जग्गा खाली गराउने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०(०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकासहितका स्थानका नदी किनारासहितका सरकारी जग्गा खाली गर्ने जानकारी दिएका हुन् ।
नदी किनारामा रहेकाहरूको उचित स्थानमा स्थानान्तरण गरेर जग्गा खाली गर्ने राष्ट्रपति पौडेलले जानकारी दिए ।
प्रतिक्रिया