बिमान भित्र मुसा देखिएपछि बुद्ध एयरको जहाजको उडान स्थगित

budhha-air
काठमाडौ ।
बिमान भित्र मुसा देखिएपछि जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको उडान स्थगित गरिएको छ।

शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको हो ।

बिहान साढे ८ बजे जनकपुर पुगेको बिमान काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उक्त जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए।

जहाज त्यहीँ राखेर यात्रुलाई अर्को जहाजबाट ल्याउने तयारी भइरहेको निरौलाले बताए।

प्रतिक्रिया

सम्बन्धित