रातो पत्थरलाई 'नागमणी' हो भन्दै ठगी गर्ने 'गुरुबा' पक्राउ

Pakrau

झापा ।  

रातो रङ्गको पत्थरलाई 'नागमणी' हो भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले झापाको मेचिनगर नगरपालिका-१ निन्दा सिरानबाट पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा सुनसरी भोक्राहा-१ बस्ने ४० बर्षिय 'गुरुबा' भन्ने  फर्मुद खान रहेका छन् । उनले गत चैत्र २१ गते 'नागमणि' हो भन्दै रातो रङ्गको पत्थर स्थानीय ६० बर्षिय रमेश भन्ने लाक्पा लेप्चा लाई बिक्री गरी असी हजार चार सय ठगि गरेका थिए । 

ठगि गरी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोलिले जेठ ८ गते साँझ पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काकरभिट्टा पठाएको उक्त कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित