ट्रयाक्टर दुर्घटना हुँदा १४ वर्षीय किशोरको मृत्यु

Dead

सिन्धुली ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा किशोरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए । 

मृतक किशोरको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाको कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित