कारागारबाट रातारात फरार दुईजना पक्राउ

Pakrau

लमजुङ । 

लमजुङ कारागारबाट रातारात फरार भएका दुबै जना कैदी पक्राउ परेका छन् । फरार मध्यका जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो । 

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्धामा पुर्पक्षका लागी कारागार चलान भएका थिए । दुबैलाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ । 

बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २ कैदी फरार भएका थिए । कारगारमा हाल ८८ जना कैदीबन्दी छन् । जसमध्ये ६ जना महिला र ८२ जना पुरुष छन् ।

 

प्रतिक्रिया

सम्बन्धित