उडिसा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी

odisa-rail-accident

ओडिशा ।

ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ ।  घटनास्थलमा  हाल उद्धार कार्य जारी छ । 
बेंगलुरु-हावडा एक्सप्रेस र शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेस - र बालासोरमा मालबाहाक रेल दुर्घटना भएको दक्षिण पूर्वी रेलवेले शनिबार जनाएको छ ।

 

अहिलेसम्म प्राप्त जानकारी अनुसार २३८ जनाको मृत्यु भएको छ भने लगभग ६५० घाइते भएका छन् । घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा उपचार भइरहेको छ ।  

 

सर एम विश्वेश्वराया (बेंगलुरु)–हावडा एक्सप्रेसले १२ ८६४  जना यात्रु बोकेको थियो भने सुपरफास्ट एक्सप्रेसले १००० यात्रु लिएर हावडातर्फ गइरहेको थियो । त्यसैगरी  करिब २०० यात्रु बोकेको एउटा विशेष ट्रेन दुर्घटनामा फसेको र  अहिले बालासोरबाट हावडाको लागि  प्रस्थान गर्दैछ । खड़गपुर स्टेशनमा यात्रुहरूलाई पानी, चिया र खानाका प्याकेटहरू उपलब्ध गराइँदैछ।

(रासस- एएनआई)

प्रतिक्रिया

सम्बन्धित