सवारी दुर्घटनामा २ जनाको मृत्यु

Accident graphics
बिराटनगर ।
मोरङ र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा जेठ २४ गते बुधवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका(४ मा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को। १९ प ५८२ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को। २ त २५२ नम्बरको ट्याक्टर एक आपसमा ठोकिदा घाईते भएका मोटरसाईकल चालक रङगेली नगरपालिका(६ का ४० बर्षीय सुनिल ठाकुरको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी उदयपुरको बेलका नगरपालिका-१ आम्बासीमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना। ८ ख ५२३९ नम्बरको व्ऋद्य लोड भएको ट्रकमा सोही दिशा तर्फ जाँदै गरेको स। ३ प ३०३३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक राजबिराज नगरपालिका(१० का २२ बर्षीय अजय चौधरीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित