पौडी खेल्दा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु

jajarkot

जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ।

मृत्यु‌ हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए ।‌

सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित